राष्ट्रिय

काग्रेसको आन्दोलन र डा केसीको अनसन बिरुद्ध मुख्यमन्त्रि पोखरेल कडा

सरकारमा पुग्न सकिदैन भन्ने निश्चित भएपछी काग्रेस अत्तालिएको आरोप

बुटवल ।
प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेल नेपाली काग्रेस र डा. गोबिन्द केसीको अनसन बिरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएको छ । उहाले डा. केसीको आन्दोलन गलत उद्धेश्यले प्रेरित भएको र काग्रेसले केसीका मुद्धालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताउनु भएको छ । अहिलेको सरकार बन्दा सुरुमा मौन रहेको काग्रेस २ कम्युनिष्ट पार्टीबीच एकता भएपछी अव ५ वर्ष कुनै हालतमा सरकारमा पुग्न सकिदैन भन्ने भएपछी अत्तालिएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवशका अवसरमा पार्टीको रुपन्दही क्षेत्र नम्वर २ ले  आज बिहान बुटवलमा आयोजना गरेको  स्मृति सभामा बोल्दै मुख्यमन्त्रि पोखरेलले बिगतमा काग्रेस कै नीतिका कारण शिक्षा स्वास्थ्यमा नीजि क्षेत्रको लगानी भएकाले अहिले त्यही ठिक हो भन्ने लागे काग्रेसले हाम्रो नीति गलत थियो भनेर आत्मा आलोचना गर्नु पर्छ भन्नुभयो ।
उहाले भन्नुभयो बिगतमा शिक्षा स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने अहिले सडकमा आन्दोलन गर्ने यस्तो गर्न मिल्दैन हाम्रा नीतिले यस्तो भयो भनेर आत्मा आलोचना गर्नुपर्छ ।
डा. केसीको काठमाण्डौमा अव मेडिकल खोल्नु हुदैन भन्ने माग मनमोहन कलेजका बिरुद्ध भएको उल्लेख गर्दै उहाले भन्नुभयो नेताहरुको नामलाई कस्तो ठाउमा प्रयोग गर्ने हामीले छलफल गर्न सक्छौ मनमोहन नआउदा सम्म नबोल्नेहरुले अहिले सडकमा ताण्डप देखाई रहेका छन त्यो कत्ति पनि जायज छैन ।
उद्धेश्य गलत भएपनि जनमानसमा डा. केसीले उठाएका माग पबित्र छन भन्ने जनमानसमा परिसकेको उहाले बताउनु भयो ।
मुख्यमन्त्रि पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यि दुई क्षेत्रको लगानीलाई नाफा रहित बनाउनु पर्ने बताउनु भयो ।
नेकपाका नेता समेत रहेका पोखरेलले स्वर्गिय पुष्पलालले देखाएको बाटोमा अहिलेको नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) अघि बढीरहेको बताउदै सरकार बनाउने ठुलो होइन समाज बदल्ने महत्वपुर्ण हो भन्ने पुष्पलालको कुरालाई अहिलेको सरकारले बिशेष प्राथमिकता दिएको बताउनु भयो ।
उहाले भन्नुभयो सरकार बनाउने होइन समाज बदल्ने ठुलो करा हो पुष्पलालले भन्नुहुन्थ्यो अहिलेको सरकार त्यही समाज बदल्ने अभियानमा छ ।
मुख्यमन्त्रि पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र ३ वर्ष भित्र जनताले अनुभुति गर्ने गरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्ता बिकास र समृद्धिको अभियानमा
उहाले सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछी सरकार माथि अहिले चौतर्फी प्रहार भइरहेको बताउनु भयो ।
मुख्यमन्त्रि पोखरेलले भन्नुभयो यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदार माथिको कारवाही, बैदेशिक रोजगारीमा पठाउने एकलौटीको अन्त्य, गैर सरकारी संघ सस्था र दाताबाट आउने रकमको व्यवस्थापन लगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको हो । उहाले संबैधानिक शक्ति भएकाले होइन बिगतदेखि खाइपाई आएकाले अदृष्य पैसाको बलमा अहिले सरकार मथि प्रहार गरीरहेको बताउनु भयो ।
नेकपाको प्रदेश कार्यालय सुख्खानगरमा तेजेन्द्र केसीको अध्यक्षता र बाबुराम पन्थीको सञ्चालनमा स्मृति सभा भएको थियो ।

 

प्रतिकृया दिनुहोस