स्थानिय

मुख्यमन्त्रि पोखरेलद्धारा वैकल्पिक मार्गको निरीक्षण

बुटवल ।
प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले  सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डको विकल्पका रूपमा प्रदेश सरकारले अघि सारेको झुम्सा–चरंगे सडकको आज बिहान निरिक्षण गर्नुभएको छ ।
मुख्यमन्त्रि पोखरेलले भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरी, प्रदेश सभाका सदस्यहरु र बिभिन्न सरकोवालाहरुको एक टोली सहित आज बिहान बैकल्पिक मार्गको निरीक्षण गर्नु भएको हो ।
निरीक्षणका क्रममा सिद्धबाबा खण्डमा पहिरोेले जोखिम बढेपछि अघि सारिएको झुम्सा–चौकीभञ्ज्याङ–चरंगे–धागो कारखाना खण्डको स्तरोन्नति गर्न सहज देखिएको मुख्यमन्त्रिका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भएको छ  । केही दिन अघि स्थानीय तह र उपभोक्ता समितिको पहलमा सडकको ट्रयाक खुलेको हो । प्रदेश सरकारले आगामी आवका लागि १० करोड विनियोजन गरेको छ ।
स्तरोन्नति छिटो गर्न सके सिद्धबाबा सडक सुरक्षित नहुञ्जेल यो मार्ग भरपर्दो विकल्प हुनेछ । सिद्धबाबा सडक खण्ड सुरक्षित बनाउन सकेपनि यो वैकल्पिक मार्गको आवश्यकतामा कुनै कमि हुनेछैन् । वैकल्पिकमार्ग सिद्धार्थ राजमार्गको झुम्साबाट २० किमि बुटवल नजिकैको धागो कारखानासम्म पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस